भ्रष्टाचार कम गर्न पाँच सय, हजारको नोट बन्द गरौँ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले नै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताएका छन् । काङ्ग्रेस आर्थिक नीति तथा योजना विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पाण्डेले भने, “राजनीतिले भ्रष्टाचार गर्छ, अरुले नियन्त्रण गर्छ भन्छन् यो कस्तो व्याख्या हो ? किमार्थ सक्दैन । भ्रष्टाचार नियन्त्रण राजनीतिभन्दा बाहिरकोले गर्न सक्दैन । यो कम गर्नै […]

May 20, 2025 - 11:06
 0
भ्रष्टाचार कम गर्न पाँच सय, हजारको नोट बन्द गरौँ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले नै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताएका छन् ।

काङ्ग्रेस आर्थिक नीति तथा योजना विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पाण्डेले भने, “राजनीतिले भ्रष्टाचार गर्छ, अरुले नियन्त्रण गर्छ भन्छन् यो कस्तो व्याख्या हो ? किमार्थ सक्दैन । भ्रष्टाचार नियन्त्रण राजनीतिभन्दा बाहिरकोले गर्न सक्दैन । यो कम गर्नै नै सरकारले हो । अरुले सक्दै सक्दैन ।”

भ्रष्टाचार कम गर्न ५ सय, हजारको नोट बन्द गर्नुपर्ने उनको भनाइ छ ।

पाण्डेले थपे, “भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन । जस्तो – ५ सय, हजारको नोट बन्द गरौँ । २०८५ सालदेखि बन्द हुन्छ भन्नौं । जनतालाई आतङ्कित चाहिँ नपारौं । त्यसपछि सरकारले सयको नोट मात्र छाप्छ । चिया खान पनि सय नै लैजान्छ । एक करोडको जग्गा किन्ने हो भने पनि सयको नोट लैजान्छु भन्ने पछि एक ट्रक पैसा लैजानुपर्‍यो नि । बन्द हुन्छ कि हुँदैन ? एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक पैसा हुन्छ । कोठा बुक गरेर राख्नुपर्‍यो नि । भाडामा लिएर ताला लगाएर राख्नुपर्‍यो नि । यो सम्भव हुन्छ ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register