राप्रपा अध्यक्ष लिङ्देनद्वारा पुल उद्घाटन : हल्दिबारीबाट १५० काठेपुल विस्थापित

सन्तोष शर्माहल्दिबारी, ७ जेठ । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद् राजेन्द्र लिङ्देनले शिलालेख अनावरणसँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पुल यस क्षेत्रको विकासमा योगदान पुर्याउने बताउनुभयो [...] The post राप्रपा अध्यक्ष लिङ्देनद्वारा पुल उद्घाटन : हल्दिबारीबाट १५० काठेपुल विस्थापित appeared first on Jhapa Online.

May 21, 2025 - 11:33
 0
राप्रपा अध्यक्ष लिङ्देनद्वारा पुल उद्घाटन : हल्दिबारीबाट १५० काठेपुल विस्थापित

सन्तोष शर्मा
हल्दिबारी, ७ जेठ ।
झापाको हल्दिबारी गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद् राजेन्द्र लिङ्देनले शिलालेख अनावरणसँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले पुल यस क्षेत्रको विकासमा योगदान पुर्याउने बताउनुभयो । उहाँले जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताउनुभयो ।


“हल्दिबारीले यहाँको सर्वाङ्गिण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उहाँले भन्नुभयो ।

हल्दिबारीमा काठेपुल विस्थापित भएको छ । हालसम्म १५० वटा काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन बताउनुभयो । योसँगै भुसुडी खोलामा थप दुई वटा पुल निर्माण सम्पन्न हुन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद भएको बताउनुभयो । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउनुहुँदै उहाँले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गर्नुभयो ।

हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुई वटा रू चार करोड ९६ लाख ८५ हजार ९ सय २८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो ।

आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रू दुई करोड ३० लाख रहेको छ भने लम्बाई ४२.७ मिटर र चौडाई ७.२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो । गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी सारा सृष्टिसँग गत २०७९ मंसीर ७ गते सम्झौता गरेको न्यौपानेले बताउनुभयो ।


पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ बासीको सिधा सम्पर्क भएको छ भने वडा नं. ५ र १ का हजारौं स्थानीयबासी लाभान्विन भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो । वर्षायाममा आवातजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।

The post राप्रपा अध्यक्ष लिङ्देनद्वारा पुल उद्घाटन : हल्दिबारीबाट १५० काठेपुल विस्थापित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register