बजेट वक्तव्यको तयारीमा जुटे अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको तयारीमा जुटेका हुन् । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए […]

May 22, 2025 - 14:26
 0
बजेट वक्तव्यको तयारीमा जुटे अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ ।

विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको तयारीमा जुटेका हुन् ।

मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो ।

अर्थमन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग परामर्श गरेका छन् ।

अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।

त्यसैगरी पूर्वअर्थ सचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरूसँग पनि छलफल गरेको थियो । विकास साझेदारहरूसँग समेत छलफल भएको थियो ।

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी, र नागरिकहरूले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास र सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ ।

जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेस हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register