राजावादी नेताहरूले ज्ञानेन्द्रसँग गरे छलफल

काठमाडौं । राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग छलफल गरेका छन् । उनीहरूले सोल्टी होटलमा यही जेठ १५ गते गर्न लागेको आन्दोलनको विषयलाई लिएर छलफल गरेका हुन् । सोल्टी होटलमा खाना खाने गरी नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी नेता केशरबहादुर विष्टले छलफल गरेका हुन् । भेटबारे राप्रपा अध्यक्ष लिङ्देनले […]

May 22, 2025 - 14:29
 0
राजावादी नेताहरूले ज्ञानेन्द्रसँग गरे छलफल

काठमाडौं । राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्रसँग छलफल गरेका छन् ।

उनीहरूले सोल्टी होटलमा यही जेठ १५ गते गर्न लागेको आन्दोलनको विषयलाई लिएर छलफल गरेका हुन् ।

सोल्टी होटलमा खाना खाने गरी नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी नेता केशरबहादुर विष्टले छलफल गरेका हुन् ।

भेटबारे राप्रपा अध्यक्ष लिङ्देनले विस्तृत विवरण नदिए पनि भेट भएको पुष्टि गरे । उनले भने, ‘भेटघाट भइरहेको छ । खासै नयाँ कुरा होइन, ठूलो कुरा पनि छैन ।’

नवराज सुवेदीको संयोजकत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको अगुवाइमा जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी भइरहेको बेला ज्ञानेन्द्रसँग अर्थपूर्ण भेट भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register