लिमीमा पहिरो गएको एक सातापछि प्रदेश सरकारको राहत

सुर्खेत । हुम्लामा  पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते  पहिरो गएपछि १८ परिवार त्रिपालमुनि बसिरहेका छन् । हुम्लामा राहत सामग्री पठाइएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग […]

May 22, 2025 - 14:26
 0
लिमीमा पहिरो गएको एक सातापछि प्रदेश सरकारको राहत

सुर्खेत । हुम्लामा  पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते  पहिरो गएपछि १८ परिवार त्रिपालमुनि बसिरहेका छन् ।

हुम्लामा राहत सामग्री पठाइएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामग्री पठाइएको गौतमले बताए ।

पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेसलगायतका सामग्री पठाइएको गौतमले जानकारी दिए ।

पहिरोबाट विस्थापितलाई पहिलोपटक बुधबार राहत सामग्री पुर्‍याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पुर्‍याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register