बेलायतमा घर किन्दा तिर्नुपर्ने ‘स्टयाम्प ड्युटी’ कर बढ्यो

लन्डन- बेलायतमा नयाँ घर किन्दा बुझाउनुपर्ने स्टयाम्प ड्युटी शीर्षकको कर बढाइएको छ। यही अप्रिल १ तारिखदेखि स्टयाम्प ड्यटीसम्बन्धि नयाँ नीति लागू भएपछि घर किन्दा यसअघिको भन्दा झन् धेरै कर बुझाउनुपर्ने भएको छ। परिवर्तित व्यवस्थाअनुसार यसअघि २ लाख ५० हजार पाउन्डभन्दा माथिको मूल्यको लागि बुझाउनुपर्ने उक्त शुल्क अब १ लाख २५ हजार पाउण्ड माथिको लागि बुझाउनुपर्ने […]

Apr 8, 2025 - 10:48
 0
बेलायतमा घर किन्दा तिर्नुपर्ने ‘स्टयाम्प ड्युटी’ कर बढ्यो

लन्डन- बेलायतमा नयाँ घर किन्दा बुझाउनुपर्ने स्टयाम्प ड्युटी शीर्षकको कर बढाइएको छ।

यही अप्रिल १ तारिखदेखि स्टयाम्प ड्यटीसम्बन्धि नयाँ नीति लागू भएपछि घर किन्दा यसअघिको भन्दा झन् धेरै कर बुझाउनुपर्ने भएको छ।

परिवर्तित व्यवस्थाअनुसार यसअघि २ लाख ५० हजार पाउन्डभन्दा माथिको मूल्यको लागि बुझाउनुपर्ने उक्त शुल्क अब १ लाख २५ हजार पाउण्ड माथिको लागि बुझाउनुपर्ने भएको छ।

त्यस्तै, पहिलो घर किन्दा यसअघि ४ लाख २५ हजार पाउण्डसम्मको मूल्यमा स्टायम्प ड्युटी बुझाउनु नपर्ने सुविधा रहेकोमा अब त्यो सुविधा घटाएर तीन लाख पाउन्डसम्मको मूल्यमा मात्रै सिमित गरिएको छ।

स्टयाम्प ड्युटीबापत सामान्यतया १ लाख २५ हजार पाउण्डसम्मको मूल्यका लागि कुनै शुल्क बुझााउनुपर्दैन। १ लाख २५ हजार पाउण्डदेखि साढे २ लाख पाउण्डसम्मको मूल्यका लागि त्यसको २ प्रतिशतका दरले कर तिर्नुपर्छ भने साढे २ लाख पाउण्डदेखि ९ लाख २५ हजार पाउण्डसम्मको मूल्यमा त्यसको ५ प्रतिशत कर बुझाउनुपर्छ । त्सभन्दामाथि साढे १ मिलियन अर्थात् १५ लाख पाउण्डसम्मको मूल्यका लागि भने १० प्रतिशतका दरले बुझाउनुपर्छ ।

पहिलोपटक घर किन्नेहरुलाई भने पहिलो ३ लाख पाउण्डसम्मको मूल्यमा निशुल्क छ । ३ लाखदेखि ५ लाखसम्मको लागि ५ प्रतिशत बुझाउनुपर्छ भने त्यसभन्दा माथि मूल्यको लागि अन्य आम ग्राहकले जस्तै बुझाउनुपर्ने व्यवस्था छ।

स्टयाम्प ड्युटीसम्बन्धि पछिल्लो परिवर्तन र यसले पार्ने असरहरुबारे बेलायतमा फाइनान्सियल सेवा प्रदान गर्दै आएको किंग्सगेट फाइनान्सका प्रवन्ध निर्देशक प्रजेश श्रेष्ठबाट अपडेट समेटेएिको भिडियो सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register