हैदराबादको सान्त्वना जित, प्ले अफमा पुगिसकेको बैंगलोर पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले सान्त्वना जित हासिल गरेको छ । शुक्रबार राति लखनऊमा सकिएको खेलमा यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको हैदराबादले प्ले अफमा पुगिसकेको बैंगलोरलाई क४२ रनले हराएको हो । हैदराबादले दिएको २३२ रनको विशाल लक्ष्य बैंगलोरले भेट्टाउन सकेन । बैंगलोरले १९.५ ओभरमा १८९ रन मात्र बनाउन सक्यो […]

May 24, 2025 - 02:20
 0
हैदराबादको सान्त्वना जित, प्ले अफमा पुगिसकेको बैंगलोर पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले सान्त्वना जित हासिल गरेको छ ।

शुक्रबार राति लखनऊमा सकिएको खेलमा यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको हैदराबादले प्ले अफमा पुगिसकेको बैंगलोरलाई क४२ रनले हराएको हो ।

हैदराबादले दिएको २३२ रनको विशाल लक्ष्य बैंगलोरले भेट्टाउन सकेन । बैंगलोरले १९.५ ओभरमा १८९ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि फिल साल्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

हैदराबादका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरबाबादले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

हैदराबादका लागि इशान किशानले ४८ बलमा अर्धशतक बनाउँदै ९४ रन बनाए । शतक बनाउनबाट ६ रनले चुकेका उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

यस्तै अभिषेक शर्माले ३४ रन जोड्दा अनिकेत बर्माले ३५ रन बनाए । यसैगरी हेनरिक क्लासेनले २४ रन जोडे ।

हैदराबादका रोमारियो शेफेर्डले सर्वाधिक २ विकेट लिए ।

यसअघि नै प्ले अफमा पुगिसकेको बैंग्लोर तेस्रो स्थानमा झरेको छ । गुजरात टाइटन्स, पञ्जाब किंग्स र मुम्बई इन्डियन्सले पनि प्ले अफमा स्थान बनाइसकेका छन् ।

यो पटक हैदराबादसँगै दिल्लीक्यापिटल्स, कोलकाता नाइट राइडर्स, लखनउm सुपर जाइन्ट्स, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाटै बाहिरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register