तेक्वान्दो टोली जापान जाँदै

काठमाडौं । वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली जापानको ओसाका प्रस्थान गर्ने भएको छ । अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्न टोली बिहीबार जापान जान लागेको हो । ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, […]

Apr 23, 2025 - 07:45
 0
तेक्वान्दो टोली जापान जाँदै

काठमाडौं । वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।

अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्न टोली बिहीबार जापान जान लागेको हो ।

३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सरोज तामाङ छन् ।

१३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register