साना तरकारी व्यापारीलाई व्यवस्थित गर्न महानगरले माछापोखरीमा गर्‍यो सार्वजनिक यातायात बन्द

काठमाडौ । काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने भन्दै शुक्रबार बिहान काठमाडौं महानगरले नगर प्रहरी लगाएर सार्वजनिक यातायात बन्द गरेको छ । महानगरका प्रहरी सडकमा लाइन बनाई उभिएपछि यातायात बन्द भएको छ । यसरी उनीहरू उभिएपछि यातायात नै प्रभावित बनेको छ । सो क्षेत्रमा बिहान साना किसान तथा तरकारी व्यापारीले तरकारी […]

May 2, 2025 - 02:07
 0
साना तरकारी व्यापारीलाई व्यवस्थित गर्न महानगरले माछापोखरीमा गर्‍यो सार्वजनिक यातायात बन्द

काठमाडौ । काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने भन्दै शुक्रबार बिहान काठमाडौं महानगरले नगर प्रहरी लगाएर सार्वजनिक यातायात बन्द गरेको छ ।

महानगरका प्रहरी सडकमा लाइन बनाई उभिएपछि यातायात बन्द भएको छ । यसरी उनीहरू उभिएपछि यातायात नै प्रभावित बनेको छ । सो क्षेत्रमा बिहान साना किसान तथा तरकारी व्यापारीले तरकारी व्यवसाय गर्दै आएका छन् । महानगरले उनीहरूलाई हटाउने प्रयास गरिरहेको छ ।

तस्वीरसहित पत्रकार राजन कुँकेलले एक पोस्ट लेख्दै यसको आलोचना गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् । केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register