१८ वर्षपछि जित्यो आर्सनलले महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । रेनी स्लेगर्सको नेतृत्वमा रहेको आर्सनल महिला टोलीले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । १८ वर्षपछि युरोपियन क्लब फुटबलको सर्वोच्च उपाधि जित्दै आर्सनलले शनिबार भएको खेलमा बार्सिलोनालाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । खेलको ७४ औं मिनेटमा स्टिना ब्ल्याकस्टेनसले गरेको एमा मात्र गोल खेलमा निर्णायक बन्यो । यससँगै गत सिजन महिला […]

May 25, 2025 - 05:11
 0
१८ वर्षपछि जित्यो आर्सनलले महिला च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । रेनी स्लेगर्सको नेतृत्वमा रहेको आर्सनल महिला टोलीले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

१८ वर्षपछि युरोपियन क्लब फुटबलको सर्वोच्च उपाधि जित्दै आर्सनलले शनिबार भएको खेलमा बार्सिलोनालाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । खेलको ७४ औं मिनेटमा स्टिना ब्ल्याकस्टेनसले गरेको एमा मात्र गोल खेलमा निर्णायक बन्यो ।

यससँगै गत सिजन महिला सुपर लिगमा तेस्रो स्थानमा रहेर तीन चरणको छनोट पार गर्दै आर्सनल १५ खेल खेलेर च्याम्पियन्स लिग जित्ने पहिलो टोली बनेको छ ।

पूर्व प्रशिक्षक जोनास आइडेभालले खराब नतिजाका कारण राजीनामा दिएपछि अक्टोबरमा  टोलीलाई सम्हालेकी स्लेगर्सले पहिलो ११ खेलमा अपराजित रहँदै टोलीलाई लयमा फर्काइन् ।

रियल म्याड्रिड र ल्योनविरुद्ध क्वार्टरफाइनल र सेमिफाइनलको पहिलो लेगमा पराजय भोगेको आर्सनलले ‘कमब्याक क्वीन्स’ को उपाधि पाएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register