प्लेअफ पुगेका टिमको लगातार हारले आईपीएलमा रोचक शीर्ष दुईको दौड

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ पुगेका टिमको लगातार हारले शीर्ष दुईबारे थप सस्पेन्स भएको छ । ६८ औं खेल सकिएसँगै शीर्ष दुईको दौड थप रोमाञ्चक बनेको छ । शनिबार भएको खेलमा प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले प्लेअफमा पुगिसकेको पंजाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेसँग शीर्ष दुईका लागि चारवटै टोलीबीचको प्रतिस्पर्धा हुने देखिएको छ […]

May 25, 2025 - 08:05
 0
प्लेअफ पुगेका टिमको लगातार हारले आईपीएलमा रोचक शीर्ष दुईको दौड

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ पुगेका टिमको लगातार हारले शीर्ष दुईबारे थप सस्पेन्स भएको छ । ६८ औं खेल सकिएसँगै शीर्ष दुईको दौड थप रोमाञ्चक बनेको छ ।

शनिबार भएको खेलमा प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले प्लेअफमा पुगिसकेको पंजाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेसँग शीर्ष दुईका लागि चारवटै टोलीबीचको प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्ला तीन खेलमा रोचक संयोगक के भयो भने प्लेअफ पुगिसकेका तीनवटै टिम प्लेअफबाट बाहिरिसकेका टिमसँग पराजित भए । पंजाब दिल्लीसँग पराजित हुँदा गुजराज टाइटन्स लखनउ सुपर जायन्टसँग पराजित भयो । उता रोयल च्यालेन्जर्स बेंगलोर सनराइजर्स हैदरावादसँग पराजित भयो ।

आईपीएलको ६३ औं खेलमा मुम्बई इन्डियन्से दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफमा पुग्ने अन्तिम टोली बनेको थियो । शीर्ष ४ मा गुजरात टाइटन्स, पंजाब किङ्ग्स, रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स रहेका छन् । सबै शीर्ष २ मा पुग्न दाबेबारका रुपमा देखिएका छन् ।

शीर्ष २ मा पुग्न सक्ने टोलीले क्वालिफायर १ मा आफ्नो स्थान पक्का गर्नेछ । क्वालिफायर १ मा स्वतः स्थान बुक गर्ने टोलीले फाइनलमा पुग्न २ मौका पाउनेछ । जुन प्लेअफ फम्र्याटका लागि ठूलो एडभान्टेज हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेको टोलीसँग शीर्ष ३ का गुजरात, बेंगलोर र पंजाबको हारेपछि अङ्क तालिकाको फेरबदल रोमाञ्चक हुँदा सबै टोलीहरु एकअर्काको जितमा निर्भर भएको देखिन्छ । यसपश्चात मे २७ मा हुने लिग चरणको अन्तिम खेलपछि मात्र टोलीहरुको छिनोफानो हुने देखिन्छ ।

अङ्क तालिकामा हालको अवस्थालाई हेर्दा शीर्ष ४ मा भएका गुजरात, पंजाब, बेंगलोर र मुम्बईले १३–१३ खेलिसकेका छन् । ०.६०२ नेट रन रेट भएको गुजरात टाइटन्स ९ खेलमा जितसहित १८ अङ्कसहित शीर्ष स्थानमा छ । अब गुजरातले चेन्नई सुपर किङ्ग्ससँग आज प्रतिस्पर्धा गर्नेछ । ०.३२७ नेट रन रेट भएको पंजाब १७ अङ्कसहित दोस्रो स्थानमा छ । सोमबार पंजाब र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ । १.२९२ नेट रन रेट भएको मुम्बई भने चौथो स्थानमा छ । ०.२५५ नेट रन रेट भएको बेंगलोर १७ अंकसहित तेस्रो स्थानमा छ । मंगलबार बेंगलोर र लखनउ आमने सामने हुनेछन् । पंजाब, बैंगलोर र मुम्बईले भने कुल ८ खेलमा जित हासिल गरेका छन् ।

अब सबै टिमले मात्र १–१ खेल खेल्न बाँकी छ । यसले हरेक टोली अर्को टोलीको नतिजामा निर्भर भएको देखाउँछ । यदि आजको खेलमा गुजरातले चेन्नईलाई हराएमा २० अङ्कसहित शीर्ष स्थानमा रहनेछ । पराजित भएमा दोस्रो स्थानमा झर्न सक्ने सम्भावना रहेको छ ।

सोमबार उच्च रनरेट भएको मुम्बईंले जितेमा १८ अङ्कसहित दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ । पंजाब जितेमा १९ अङ्कसहित शीर्ष स्थानमा उक्लिन सक्छ तर त्यसका लागि गुजरात आफ्नो अन्तिम खेलमा पराजित हुनुपर्ने छ ।

मंगलबार यदि लखनउमाथि बेंगलोरले जित हासिल गरेमा १९ अंकसहित बेंगलोर दोस्रो स्थानमा उक्लिने सम्भावान छ । तर, त्यसका लागि पंजाब मुम्बईसँग पराजित हुनुपर्र्नेछ । यदि गुजरात पनि पराजित भएमा उच्च रन रेटका साथ बेंगलोर पनि शीर्ष स्थानमा उक्लिन सक्छ । यसकारण पनि प्लेअफअघिको यो हप्ता निकै रोमाञ्चक हुने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register