अर्जुनधाराका युवालाई दुई महिने लोक सेवा तयारी कक्षा

अर्जुनधारा, ११ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई लोक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ । बढ्दो युवा विदेश पलायनलाई रोक्नुका साथै स्वदेशमै रोजगारी र सरकारी प्रशासनिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले नगरपालिकाले दुई महिने लोकसेवा आयोगको तयारी कक्षा प्रदान गरिएको हो । अर्जुनधारा नगरपालिकाको चार लाख रुपैयाँ आर्थिक सहयोग र फाउण्डेसन अफ नोभा [...] The post अर्जुनधाराका युवालाई दुई महिने लोक सेवा तयारी कक्षा appeared first on Jhapa Online.

May 25, 2025 - 14:18
 0
अर्जुनधाराका युवालाई दुई महिने लोक सेवा तयारी कक्षा

अर्जुनधारा, ११ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई लोक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ ।

बढ्दो युवा विदेश पलायनलाई रोक्नुका साथै स्वदेशमै रोजगारी र सरकारी प्रशासनिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले नगरपालिकाले दुई महिने लोकसेवा आयोगको तयारी कक्षा प्रदान गरिएको हो ।

अर्जुनधारा नगरपालिकाको चार लाख रुपैयाँ आर्थिक सहयोग र फाउण्डेसन अफ नोभा एजुकेसनको आयोजनामा गत चैत १० देखि जेठ १० गतेसम्म सञ्चालित तालिमको आज समापन गरिएको छ ।

समापन कार्यक्रम अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षमा भएको थियो । उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमहरू विगतका वर्षदेखि नै गर्दै आएको बताउनुभयो । उहाँले युवालाई अब्बल र योग्य बनाएर स्वदेशमै टिकाउने नगरको लक्ष्य अनुरुप तालिम प्रदान गरिएको बताउनुभयो ।

कक्षा १२ उत्तीर्ण नगरभरिका जेहेन्दार र विपन परिवारका छात्रछात्रालाई विशेष लक्षित गरी तालिम आयोजना गरिएको नगरपालिकाकी सामाजिक विकास संयोजक भोला परियारले बताउनुभयो ।

तालिम समापन अवसरमा नगरपालिकाका लेखा अधिकृत गोविन्द रिजाल, शनिश्चरे बहुमुखी क्याम्पसका निमित्त प्रमुख कृषन थापा लगायको आतिथ्य रहेको थियो ।

The post अर्जुनधाराका युवालाई दुई महिने लोक सेवा तयारी कक्षा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register