रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंका दुवै अंगरक्षक रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि दीपक खड्का र रामकुमार धिमाल रिहा भएका हुन् । खड्का प्रसाईंसँगै भारतबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले खड्का र धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको […]

May 27, 2025 - 09:58
 0
रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंका दुवै अंगरक्षक रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि दीपक खड्का र रामकुमार धिमाल रिहा भएका हुन् । खड्का प्रसाईंसँगै भारतबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले खड्का र धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले  वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । दुवैजना आइतबार बेलुका नै रिहा भएका थिए ।

तीनकुने घटनामा प्रसाईंसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ । न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register