महिला भएकै कारण व्यासमा बसेर कथा वाचन गर्नबाट बञ्चित हुनु हुँदैन : देवी प्रतिभा

काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरूको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्युज बैंकसँगको कुराकानीमा यही किसिमका भब्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन सक्ने धारणा राखिन् । […]

May 27, 2025 - 10:01
 0
महिला भएकै कारण व्यासमा बसेर कथा वाचन गर्नबाट बञ्चित हुनु हुँदैन : देवी प्रतिभा

काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरूको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्युज बैंकसँगको कुराकानीमा यही किसिमका भब्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन सक्ने धारणा राखिन् ।

उनले भनिन्, ‘नेपालको धार्मिक स्थलहरुको अधिक रुपमा प्रचारप्रसार गर्न जरुरी छ । पोखरामा कोटिहोम भएका कारणले पर्यटकीय स्थलहरू, धार्मिक मठ मन्दिरहरूको प्रचार भइरहेको छ । यही प्रकारको कोटिहोम सबै प्रदेशमा भयो भने तीव्र गतिले हाम्रो देशको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार हुने थियो ।’

त्यस्तै उनले पोखरा कोटिहोम मस्त नेपालीहरूका लागि विशाल उत्सव भएको भन्दै आफूले आएर कथा वाचन गर्न पाउँदा एकदमै खुसी र आनन्द लागेको बताइन् ।

उनले थपिन्, ‘पोखरा कोटिहोममा आउन पाउँदा एकदमै खुसी लागिरहेको छ । यो नेपालीहरूका लागि विशाल उत्सव हो । यहाँ भक्तजनहरू पनि धेरै सङ्ख्यामा आउनुभएको छ र महिनौंदेखि कोटिहोमको आनन्द लिइरहनुभएको छ । त्यसैले यहाँ आएर कथा वाचन गर्दा मलाई पनि अत्यन्तै आनन्द आयो ।’

त्यस्तै प्रतिभाले पहिलोपटक कथा वाचनका लागि पशुपति कोटिहोम आउँदा र दोस्रोपटक पोखरा आउँदा फरक अनुभव गर्न पाएको सुनाइन् । पहिलो पटक पशुपति कोटिहोममा आउँदा नयाँ भएको कारण चिन्ने र चिनाउने अवसर पाएको भन्दै तर अहिले भक्तहरुको अपार माया पाइरहेको बताइन् ।

‘पहिलोपटक पशुपति कोटिहोममा आउदा म अलि नयाँ नै थिए । नेपालका लागि त अहिले त पुरानी भइसके सबैसँग । पहिला सबैसँग चिन्ने र चिनाउने अवसर पाएकी थिए । अहिले भक्तहरूको अपार माया पाएको छु । फरक भक्तहरूले एकदमै माया गर्नुभएको छ, फर्किएर जाँदा सबैजना रुनुहुन्छ । यति धेरै मायाका लागि धन्यवाद,’ उनले भनिन् ।

त्यस्तै आफूले भागवत् कथा सुनाइरहेको जानकारी गराउँदै उनले आफ्नो कथाबाट भक्ति, ज्ञान र वैराग्य पाउन सकिने धारणा राखिन् । भागवत् एउटा जीवनलाई जिउने र मर्ने कला सिकाउने ग्रन्थ भएको उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘भागवत् कथाबाट भक्ति, ज्ञान र वैराज्ञ पाउनुहुन्छ । भागवत् भनेको एउटा जीवनलाई जिउने र मर्न कला सिकाउने ग्रन्थ हो ।’

यस्तै महिला भएकै कारण कुनैपनि भगवान्को प्रचार गर्न र नाम लिन बञ्चित नहुने उनको भनाइ छ ।

‘भगवान्को प्रचार गर्न र भगवान्को नाम लिन सबैले पाइन्छ । महिला भएकै कारण बञ्चित हुनु हुँदैन । नारीले आफ्नो महिनावारी भएको बेलामा मात्र व्यासमा बस्नु हुुँदैन । अरु बेला जे गर्दा पनि केही हुँदैन,’ उनले थपिन् ।

कोटिहोममा आएर कथा श्रवण गर्नका लागि सबै भक्तजनमा उनले अपिलसमेत गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register