रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जनलाई थुना पठाउन जिल्ला अदालत सर्लाहीले आदेश दिएको हो । न्यायधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो। गत फागुनमा उनीविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनको कुल सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ […]

May 27, 2025 - 10:22
 0
रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जनलाई थुना पठाउन जिल्ला अदालत सर्लाहीले आदेश दिएको हो । न्यायधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

गत फागुनमा उनीविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनको कुल सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको स्रोत भेटिएको थिएन । बम्जनले उक्त रकमलाई भक्तहरुले दिएको दान भएको बताउँदै आएका छन् ।

त्यस्तै,केहि समय अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो । बमजनको नाममा चितवनमा जग्गा, विदेशी मुद्रा र महँगा सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ ।

यौन दुर्व्यवहारको आरोप समेत लागेका बम्जनलाई उच्च अदालत जनकपुरले भने सफाई दिएको छ । यसअघि जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई २०८१ असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register