बजारमा छ्याप्छ्याप्ति भेटिन थाले नक्कली चेक, सबैभन्दा बढी सिद्धार्थ बैंकबाट आएका चेक ! 

काठमाडौँ । पछिल्लो समय बजारमा नक्कली चेक छ्याप्छ्याप्ति भेटिन थालेका छन् । नक्कली नोटसँगै बजारमा विभिन्न बैंकको नक्कली चेक पनि भेटिन थालेका हुन् ।  बजारमा भेटिने नक्कली चेकहरु दुरुस्तै बैंककै जस्तो देखिने गरेका छन् । विशेषगरी यस्ता चेकहरु शहर भन्दा पनि गाउँका पसलहरु र अलि भिडभाड हुने पसलहरुमा बढी भेटिन थालेको छ । यसरी बजारमा […]

Mar 12, 2025 - 10:24
 0
बजारमा छ्याप्छ्याप्ति भेटिन थाले नक्कली चेक, सबैभन्दा बढी सिद्धार्थ बैंकबाट आएका चेक ! 

काठमाडौँ । पछिल्लो समय बजारमा नक्कली चेक छ्याप्छ्याप्ति भेटिन थालेका छन् । नक्कली नोटसँगै बजारमा विभिन्न बैंकको नक्कली चेक पनि भेटिन थालेका हुन् । 

बजारमा भेटिने नक्कली चेकहरु दुरुस्तै बैंककै जस्तो देखिने गरेका छन् । विशेषगरी यस्ता चेकहरु शहर भन्दा पनि गाउँका पसलहरु र अलि भिडभाड हुने पसलहरुमा बढी भेटिन थालेको छ ।

यसरी बजारमा भेटिने नक्कली चेकमध्ये अधिकांश चेकहरु सिद्धार्थ बैंकको रहेको पाइएको छ । देख्नमा दुरुस्तै देखिने उक्त चेक झट्ट हेर्दा जो कोही पनि झुक्किने गर्छन् । अझ बैंकमा खाता खोलेर कारोबार मात्रै गरिरहने र बैंकिङबारे प्रयाप्त जानकारी नभएकाहरु झन् नक्कली चेकमार्फत ठगिने गरेका छन् । 

बजारमा भेटिएका यस्ता नक्कली चेकमा बैंकको नाम, लोगो, चेकको डिजाइन सबै सक्कलीजस्तै देखिन्छ । तर, उक्त चेकमा खातावालाको नाम र खाता नम्बर भने उल्लेख गरेको देखिँदैन । 

तर, यसरी नक्कली चेक दिएर ठगी गर्ने गिरोहहरु विभिन्न ठाउँमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ । नक्कली चेकको बिगबिगी भएपछि प्रहरीले बजारमा चेकमार्फत कारोबार गर्दा सचेत रहन पनि आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register