चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट : कम्तीमा पाँच जनाको मृत्यु, १९ घाइते

काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १९ जना घाइते भएका छन् । मंगलबार राति भएको यस दुर्घटनापछि ६ जना बेपत्ता भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । स्थानीय प्रशासनका अनुसार शानडोङ […]

May 28, 2025 - 03:52
 0
चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट : कम्तीमा पाँच जनाको मृत्यु, १९ घाइते

काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १९ जना घाइते भएका छन् ।

मंगलबार राति भएको यस दुर्घटनापछि ६ जना बेपत्ता भएको बताइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो ।

कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register