‘होस्टेल ३’ टिमको नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलतापछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा बनाउने घोषणा गरेको हो । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य, मान्यता र व्यवहारको टकराबलाई केन्द्रमा राखेर […]

May 21, 2025 - 07:56
 0
‘होस्टेल ३’ टिमको नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलतापछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ ।

टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा बनाउने घोषणा गरेको हो । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य, मान्यता र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो ।

‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ । यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register