‘कर्मचारीमाथि प्रश्न उठ्दा, मैले राजिनामा किन दिने ?’- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा आफूले किन राजिनामा दिने ? भन्दै प्रश्न गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रश्न गरेका हुन् । उनले राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेको कर्मचारीले गल्ती गर्दा वा उ माथि प्रश्न उठ्दा मन्त्रीले राजिनामा दिनु ठिक नभएको समेत गृहमन्त्री लेखकले दाबी गरेका […]

May 28, 2025 - 13:11
 0
‘कर्मचारीमाथि प्रश्न उठ्दा, मैले राजिनामा किन दिने ?’- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा आफूले किन राजिनामा दिने ? भन्दै प्रश्न गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रश्न गरेका हुन् ।

उनले राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेको कर्मचारीले गल्ती गर्दा वा उ माथि प्रश्न उठ्दा मन्त्रीले राजिनामा दिनु ठिक नभएको समेत गृहमन्त्री लेखकले दाबी गरेका छन् ।

उनले यसरी कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजिनामा दिने प्रवृत्ति बसाल्ने हो भने राजिनामा दिनुपर्ने मन्त्रीको कमी हुने बताएका छन् । यसर्थ पनि आफूमाथि राजिनामा दिन दिइएको दबाब ठिक नभएको भन्दै गृहमन्त्रीले राजिनामा नदिने बताएका छन् ।

अर्कोतर्फ उनले भिजिट भिसा प्रकरणमा आफूमाथि नियोजित रुपमा षड्यन्त्र गरिएको भन्दै मन्त्री लेखकले गृहमन्त्रालयमा सरुवा गरिएका तीर्थराज भट्टराई आफूले सरुवा नगरेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register