लागुऔषध सहित ५ जना पक्राउ

झापा, १५ जेठ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते दिउँसो झापाको मेचिनगर-११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि [...] The post लागुऔषध सहित ५ जना पक्राउ appeared first on Jhapa Online.

May 29, 2025 - 06:27
 0
लागुऔषध सहित ५ जना पक्राउ

झापा, १५ जेठ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १४ गते दिउँसो झापाको मेचिनगर-११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर-१५ बाट ४ ग्राम ब्राउन सुगर सहित बेलबारी-४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-४ का २१ बर्षीय आशिष चौधरीलाई ट्रामाडोल र स्पास्मो गरी जम्मा ६ हजार ६९० क्याप्सुल र नाईट्राजाम १६० चक्की सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भरोलले भोजपुर हतुवागढीका हेमराज सुवेदी र बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय अनुज बस्नेतलाई ट्रामाडोल १७५ क्यापसुल र एन्टी-कफ १६५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

The post लागुऔषध सहित ५ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register