युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड, त्रिवि मैदानलाई ४२ करोड

काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले खेल पूर्वाधार निर्माण र खेलाडीको व्यवसायिकता विकासका लगि […]

May 29, 2025 - 12:20
 0
युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड, त्रिवि मैदानलाई ४२ करोड

काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधार निर्माण र खेलाडीको व्यवसायिकता विकासका लगि लगानी बढाउने, निरन्तर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा लगानी बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने सरकारले योजना बनाएको छ ।

यस्तै, क्रिकेट रंगशलाका निर्माणका लागि ४२ करोड रुपैयाँ विनियोजना गरिएको छ । ‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियमको निर्माण कार्यका लागि ४२ करोड रुपैयाँ विनियोजना गरिएको छ,’ पौडेलले भने ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्तिका लागि ४० करोड विनियोजन गरिएको छ । सुर्खेतको विरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ५४ करोड विनियोजन गरिएको छ ।

‘झापाको दमकमा अन्तर्राष्ट्रिय आधुनिक रंगशाला निर्माण गरिने, खेल पर्यटनका लागि प्रवद्र्धनका लागि मुस्ताङ,सोलुखुम्बु, र जुम्लामा हाई अल्टिच्युड खेल रंगशाला निर्माण गरिने र प्रत्येक प्रदेशमा कम्तिमा ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी संचालन गर्न बजेट व्यवस्थापन गरिने छ,’ पौडेलले भने ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सम्पत्ति खरिदका लागि अनुदानको व्यवस्था, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री पौडेलले बताए । अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई प्रोत्साहन गरिने, यस्ता खेलाडी र उनका सन्ततीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने अर्थमन्त्री पौडेलले बताए ।

खेल क्षेत्रमा महिला सहभागीता अभिरुचि गर्न महिला लक्षित अभ्यास तथा प्रशिक्षण कार्यक्रम संचालन गरिने भएको छ ।

यस्तै, युवाको योगदान वृदि गर्ने, १६ वर्षभन्दामाथिको युवालाई तालिम, स्वयंसेवकका रुपमा परिचालन गरिने अर्थमन्त्री पौडेलले बताएका छन् । १६ वर्ष माथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयम सेवक परिचय पत्र प्रदान गरिने भएको छ ।

शिक्षित युवालाई स्वरोजगार बनाउन शैक्षिक योग्यताका व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाण पत्र र हाल परियोजना प्रस्तावको आधारमा आधारमा, बिना धितो २ लाखदेखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा युवा तथा खेलकुद क्षेत्रको बजेट ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register