चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम, अस्पताल र विमानस्थल जाने यात्रु मारमा (तस्वीरहरू)

काठमाडौं । सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुरहरूले काठमाडौंको चक्रपथ र भक्तपुर मुख्य सडक ठम्प बनाएका छन् । उनीहरू शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको आयोजनामा चक्काजाम गरिरहेका हुन् । बिहान ११ः३० बजेबाट सुरु भएको चक्काजाम १२ः३० बजे सकिने बताइएकाे छ । […]

May 31, 2025 - 07:46
 0
चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम, अस्पताल र विमानस्थल जाने यात्रु मारमा (तस्वीरहरू)

काठमाडौं । सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुरहरूले काठमाडौंको चक्रपथ र भक्तपुर मुख्य सडक ठम्प बनाएका छन् ।

उनीहरू शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको आयोजनामा चक्काजाम गरिरहेका हुन् ।

बिहान ११ः३० बजेबाट सुरु भएको चक्काजाम १२ः३० बजे सकिने बताइएकाे छ ।

उनीहरूले टेम्पो, ट्याक्सी, बस, ट्रकलगायत सार्वजनिक सवारीसाधनबाट यात्रुलाई ओरालेका थिए ।

यसले गर्दा अस्पताल र विमानस्थल गएका यात्रु बढी मारमा परेका छन् ।

आइतबार पनि माइतीघर मण्डलामा विरोधसभाको आयोजना गरिने कार्यक्रम छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register