रुसमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले आइतवार रुसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरेको छ। ‘स्पाइडर वेब’ नाम दिइएको सो अपरेशनमा ११७ वटा ड्रोन प्रयोग गरी रूसका चार वटा सैन्य हवाई अड्डामा हमला गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएका छन्  । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत एसबीयु (सुरक्षा सेवा) प्रमुख भासिल मलियुकलाई उत्कृष्ट नतिजाका लागि बधाई दिएका छन्। उनले […]

Jun 2, 2025 - 02:34
 0
रुसमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले आइतवार रुसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

‘स्पाइडर वेब’ नाम दिइएको सो अपरेशनमा ११७ वटा ड्रोन प्रयोग गरी रूसका चार वटा सैन्य हवाई अड्डामा हमला गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएका छन्  ।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत एसबीयु (सुरक्षा सेवा) प्रमुख भासिल मलियुकलाई उत्कृष्ट नतिजाका लागि बधाई दिएका छन्। उनले भनेका छन्, “प्रत्येक ड्रोनको आ-आफ्नै पाइलट थियो।  यो अपरेशनको कमाण्ड सेन्टर रुसी गुप्तचर संस्था एफएसबीको कार्यालयकै छेउमा थियो।”

एसबीयु स्रोतहरूका अनुसार, यो अपरेशनलाई योजनाबद्ध गर्न साढे एक वर्ष लाग्यो। ड्रोनहरू काठका चलायमान केबिनभित्र लुकाइएको थियो, जसको छाना टाढाबाट नै सञ्चालन गर्न सकिने गरी तयार गरिएको थियो। ती केबिनहरू ट्रकमा राखेर रुसी हवाई अड्डा नजिक पुर्‍याइएको थियो र आवश्यक समयमा छाना खोली ड्रोन उडाइएका थिए।

एसबीयु स्रोतले बीबीसीलाई बताए अनुसार, चार वटा रुसी सैन्य एयरबेसहरूमा हमला भएको हो ।

बेलाया ,ओलेन्या, द्यागिलेभो,  इभानोभो आधारशिविरहरूमा रहेको रुसी रणनीतिक हवाई बेडामा रहेका Tu-95 र Tu-22M3 जस्ता आणविक क्षमता भएका बमवर्षक विमानहरू र A-50 प्रारम्भिक चेतावनी दिने विमानहरूमा आक्रमण गरिएको थियो।

एसबीयु स्रोतहरूले आक्रमणलाई अत्यन्तै जटिल र जोखिमपूर्ण  भन्दै  रुसी रणनीतिक हवाई क्षमतामा करिब ७ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरेका छन्।

यसैबीच, रूसले पाँच वटा क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमण भएको पुष्टि गर्दै यसलाई ‘आतङ्कवादी हमला’ भनेको छ। इर्कुत्स्कका गभर्नर इगोर कोबजेभले बेलाया हवाई बेसमा ट्रकबाट ड्रोन प्रक्षेपण गरिएको पुष्टि गरेका छन्।

युक्रेनका अनुसार, सबै अपरेटरहरूलाई सफलतापूर्वक रूसबाट निकालिएको छ। यस घटनाका केही घण्टापछि युक्रेनी भूभागमा पनि ठूलो मात्रामा रुसी ड्रोन र मिसाइल आक्रमण भएको बीबीसीले बताएको छ ।

त्यसैगरी, सोमबार टर्कीको इस्तानबुलमा रूस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुने तयारी भइरहेको छ। तर दुबै पक्षबीच सहमतिमा पुग्ने सम्भावना न्यून देखिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका थिए। अहिले रूसले युक्रेनको करिब २०% भूभाग नियन्त्रणमा राखेको छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्रिमिया प्रायद्वीप पनि समावेश छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register