एपीएफले जित्यो महिला फुटबल लिगको उपाधि

काठमाडौं । एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो । एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् । खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल […]

Jan 29, 2025 - 10:27
 0
एपीएफले जित्यो महिला फुटबल लिगको उपाधि

काठमाडौं । एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् ।

खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् । ६८औं मिनेटमा सरु लिम्बुले गोल गरिन् ।

८३औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । इन्जुरी समयमा अनुले एपीएफका लागि चौथो गोल गरिन् ।

यससँगै एपीएफले १० लाख रुपैयाँ र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register