हङकङ जाने राष्ट्रिय फुटबल टिमलाई एन्फाको बिदाइ, भिसा आउन भने बाँकी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय खेलका लागि बिदाइ गरेको छ । एन्फामा सोमबार आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले फुटबल टिमलाई बिदाइ गरेका हुन् । राष्ट्रिय टोली मंगलबार हङकङ प्रस्थान गर्ने तालिका रहेको छ । यद्यपि, टिमको भिसा हालसम्म नआएको पाइएको छ । भिसा प्रक्रियामा रहेको एन्फाका […]

Jun 2, 2025 - 12:20
 0
हङकङ जाने राष्ट्रिय फुटबल टिमलाई एन्फाको बिदाइ, भिसा आउन भने बाँकी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय खेलका लागि बिदाइ गरेको छ ।

एन्फामा सोमबार आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले फुटबल टिमलाई बिदाइ गरेका हुन् ।

राष्ट्रिय टोली मंगलबार हङकङ प्रस्थान गर्ने तालिका रहेको छ । यद्यपि, टिमको भिसा हालसम्म नआएको पाइएको छ । भिसा प्रक्रियामा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले नेपालभ्युजलाई जानकारी गराए । ‘भिसा नै नआउने भन्ने होइन, प्रक्रियामा छ । केही प्राविधिक विषय बाँकी छ,’ उनले भने, ‘मंगलबार टोली जान्छ । कुनै समस्या पर्दैन ।’

मुख्य प्रशिक्षक म्याट रोसले सोमबार बिहान हङकङविरुद्धको मैत्रीपूर्ण खेल र २०२७ को एएफसी एसियन कप छनोटमा लाओससँगको खेलका लागि अन्तिम टोली घोषणा गरेका थिए ।

नेपालले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि जुन १० मा लाओसविरुद्ध छनोट खेल खेल्ने तालिका छ । मैत्रीपूर्ण खेलपछि नेपाल लाओस जानेछ ।

यस्तो छ नेपाली टोली :

अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जिलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलकिपर–कप्तान), कृतिषरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास बम ठकुरी र योगेश गुरुङ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register