उत्तरपूर्वी भारतमा भारी वर्षापछि पहिरो : ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

नयाँ दिल्ली । उत्तरपूर्वी भारतमा भारी वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ । मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य […]

Jun 2, 2025 - 17:18
 0
उत्तरपूर्वी भारतमा भारी वर्षापछि पहिरो : ३ सैनिकको मृत्यु, ६ जना बेपत्ता

नयाँ दिल्ली । उत्तरपूर्वी भारतमा भारी वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।

मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।

सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ ।

सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ ।

भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ ।

दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।

आसाममा बाढीको बितण्डा : १७५ वटा गाउँ डुबानमा (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register