जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गत रहेको १५ शय्याको जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल स्तरोन्नतिको निर्णय गरेको हो । यो योजना चुनावी प्रतिबद्धतामध्येको एक रहेको मेयर भरत जोशी बताउँछन् । उनी २८ वर्षको उमेरमा देशकै कान्छा मेयरको रूपमा निर्वाचित भएका थिए । सञ्चालन अब प्रदेश सरकारको मातहतमा […]

Jun 3, 2025 - 11:17
 0
जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गत रहेको १५ शय्याको जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल स्तरोन्नतिको निर्णय गरेको हो ।

यो योजना चुनावी प्रतिबद्धतामध्येको एक रहेको मेयर भरत जोशी बताउँछन् । उनी २८ वर्षको उमेरमा देशकै कान्छा मेयरको रूपमा निर्वाचित भएका थिए ।

सञ्चालन अब प्रदेश सरकारको मातहतमा हुनेछ, जसले सेवाको गुणस्तर र पहुँचमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register