आसाममा बाढीले १२ सयभन्दा बढी गाउँ डुबानमा, मृतकको संख्या १२ पुग्यो

गुवाहाटी । भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीको बिडण्डा बढिरहेको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १२ सयभन्दा बढी गाउँ बाढीको पानीमा डुबेका छन् । १२ सय ५४ वटा गाउँ डुबानमा परेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा श्रीभूमि, कछार, हाइलाकांडी, लखिमपुर र नागाउँ रहेका […]

Jun 3, 2025 - 11:14
 0
आसाममा बाढीले १२ सयभन्दा बढी गाउँ डुबानमा, मृतकको संख्या १२ पुग्यो

गुवाहाटी । भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीको बिडण्डा बढिरहेको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १२ सयभन्दा बढी गाउँ बाढीको पानीमा डुबेका छन् । १२ सय ५४ वटा गाउँ डुबानमा परेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा श्रीभूमि, कछार, हाइलाकांडी, लखिमपुर र नागाउँ रहेका छन् ।

विपद् विभागका एक अधिकारीले पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई जनाको मृत्यु भएको बताएका छन् ।

यसरी पछिल्लो चार दिनमा आसाममा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

यस्तै लगभग ३२ हजार मानिसका घर पूर्णरुपमा पानीमा डुबेका छन् । यी मानिसका लागि प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविर स्थापना गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register