रास्वपाको निष्कर्ष – सरकारको अक्षमता र निरीहताको जिम्मेवारी एमाले र काङ्ग्रेसले लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको अक्षमता र निरीहताको जिम्मेवारी नेकपा एमाले र नेपाली काङ्ग्रेसले लिनुपर्ने बताएको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकको निर्णयमा भनिएको छ, “संसद्‌मा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था […]

Jan 27, 2025 - 11:59
 0
रास्वपाको निष्कर्ष – सरकारको अक्षमता र निरीहताको जिम्मेवारी एमाले र काङ्ग्रेसले लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको अक्षमता र निरीहताको जिम्मेवारी नेकपा एमाले र नेपाली काङ्ग्रेसले लिनुपर्ने बताएको छ ।

सोमबार केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयमा भनिएको छ, “संसद्‌मा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ ।”

विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्यअनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसद्‌को आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको रास्वपाको ठहर छ ।

यस्तै, बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली २०८१ को संशोधन प्रस्ताव, सङ्गठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register