बैङ्लोरमाथि गुजरातको आठ विकेटको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्लोरमाथि जित हासिल गरेको छ । बैङ्गलोरमा बुधबार राति भएको खेलमा गुजरातले घरेलु टोलीमाथि आठ विकेटको जित हासिल गरेको हो । बैङ्लोरले दिएको १७० रनको लक्ष्य गुजरातले मात्र दुई विकेट गुमाएर १३ बल बाँकी छँदै पूरा गर्यो । गुजरातको जितमा जोस बटलरले अर्धशतकीय पारी […]

Apr 3, 2025 - 02:25
 0
बैङ्लोरमाथि गुजरातको आठ विकेटको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्लोरमाथि जित हासिल गरेको छ ।

बैङ्गलोरमा बुधबार राति भएको खेलमा गुजरातले घरेलु टोलीमाथि आठ विकेटको जित हासिल गरेको हो ।

बैङ्लोरले दिएको १७० रनको लक्ष्य गुजरातले मात्र दुई विकेट गुमाएर १३ बल बाँकी छँदै पूरा गर्यो ।

गुजरातको जितमा जोस बटलरले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । उनी खेलको सबैभन्दा मूल्यवान खेलाडी बने । यस्तै साई सुदर्शनले ४९ रन जोडे ।

शेर्फान रुथरफोडैले अविजित ३० तथा कप्तान शुभमन गिलले १४ रन बनाए ।

बैङ्लोरका लागि कुनै पनि बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एक विकेट लिएर भुवनेश्वर कुमारको इकोनमी राम्रो रह्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रन जाडेको थियो ।

उसका लागि लिम लिभिङस्टोनले अर्धशतकसहित सर्वाधिक ५४ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले राम्रो इकोनमीसहित सर्वाधिक तीन विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडीसमेत घोषित भए ।

जारी प्रतियोगितामा गुजरातको तेस्रो खेलमा दोस्रो जित हो । ऊ चार अङ्कसहित लिगको चौथो स्थानमा छ ।

यस्तै समान नतिजा ल्याएको बैङ्लोर नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register