धोनी कप्तानीमा फर्किएकै खेलमा चेन्नईको फराकिलो हार

काठमाडौं । महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएको खेलमा चेन्नई सुपर किङ्सले फराकिलो हार व्यहोरेको छ । नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए । तर, पहिलो खेलमै चेन्नईले कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको हो । चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै […]

Apr 12, 2025 - 02:20
 0
धोनी कप्तानीमा फर्किएकै खेलमा चेन्नईको फराकिलो हार

काठमाडौं । महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएको खेलमा चेन्नई सुपर किङ्सले फराकिलो हार व्यहोरेको छ ।

नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए ।

तर, पहिलो खेलमै चेन्नईले कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको हो ।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड प्रदर्शन गरे । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ४४ रनको योगदान दिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्‍याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । दुई अङ्क बटुलेको चेन्नई नवौं स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register