का.म.पा प्रहरी प्रमुख पाण्डे ६ महिना निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले कामपा प्रहरी प्रमुख पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गर्नुभएको हो ।निलम्बन गरेसँगै प्रशासन विभाग प्रमुख एवं सहायक प्रवक्ता ध्रुव काफ्लेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । यसअघि प्रहरी प्रमुख पाण्डेलाई प्रमुख […]

Jun 4, 2025 - 02:30
 0
का.म.पा प्रहरी प्रमुख पाण्डे ६ महिना निलम्बित

काठमाडौं

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले कामपा प्रहरी प्रमुख पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गर्नुभएको हो ।
निलम्बन गरेसँगै प्रशासन विभाग प्रमुख एवं सहायक प्रवक्ता ध्रुव काफ्लेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

यसअघि प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले वैशाख ५ गते ७ दिने स्पष्टीकरण सोध्नुभएको थियो । पाण्डेले ७ दिनमै लिखित जवाफ पेस गर्नुभएको थियो । पाण्डेले दिएको जवाफ चित्तबुझ्दो नभएपछि ६ महिने निलम्बन गरिएको हो । पाण्डेलाई हिजो मंगलवार निलम्बन गरिएको पत्र दिइएको थियो ।

निलम्बन भएसँगै प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई हिजो मंगलवारबाटै कामपामा प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । प्रपअ गुरागाईंले निलम्बन गर्नुभएको पत्रमा २०८१ साल चैत्र २१ गतेका दिन कामपा कार्यालय परिसरमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा घटाइएको अवाञ्छित एवं गैरकानुनी घटनामा प्रहरी प्रमुख पाण्डेको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको उल्लेख छ ।

प्रहरी प्रमुख पाण्डेको अगुवाइमा सो घटना भएको आरोप लगाइएको छ । प्रहरी प्रमुख पाण्डेले दिनुभएको स्पष्टीकरण तथ्यपरक एवं प्रमाणयुक्त नभई शाब्दिक खण्डन गर्ने देखिएको छ । तपाईंले दिएको स्पष्टीकरण विश्वासयोग्य र चित्तबुझ्दो नभएको हुँदा सो घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाई कामपा प्रहरी ऐन २०८० को दफा ३९ को उपदफा (४) बमोजिम जाँचबुझ समिति गठन गरेको उल्लेख छ ।

जाँचबुझ समितिको काममा अनुचित प्रभाव नपरोस् भन्नाका खातिर तथा जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि सोही ऐनको दफा ३९ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ महिनाका लागि निलम्बन गरेको उल्लेख छ । पत्र तयार भएलगत्तै मंगलवार दिउँसो महानगर प्रहरी कार्यालय वागदरबारमा पत्र बुझाइएको थियो । पाण्डेले निलम्बन गरेको पत्र बुझ्नुभएको छ ।

यसअघि पाण्डेले बुझाएको स्पष्टीकरणमा कामपाको सार्वजनिक सम्पत्तिको रूपमा रहेको विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारीसाधनका अनधिकृत प्रयोग हुन नदिन साथै सोको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर गर्दै नियमित रूपमा गरिने कार्य भएको उल्लेख गर्नुभएको थियो ।कार्यालय परिसरमा नियमितभन्दा बढी भीडभाड भई जनप्रतिनिधि कमर्चारीबाहेक अन्य व्यक्तिसमेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्ध गर्न प्रमुख बालेन्द्र साहको आदेशअनुसार गरिएको उल्लेख गर्नुभएको थियो ।

मेयर बालेन्द्रको आदेश पालना गरेको आशय व्यक्त गर्नुभएको थियो । पाण्डेले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि थप अध्ययन गर्न आयोग गठन गरेको हो । आयोगले प्रतिवेदन पेस नगरेससम्म पाण्डे निलम्बनमा रहनुहुनेछ ।मेयर बालेन्द्र साहप्रति प्रतिबद्ध रहेको र प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिमाथि अपहेलना गरेको गम्भीर आरोप लगाउँदै पाण्डेलाई निलम्बन गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गर्नुअघि उपमेयर सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धरलगायत उच्चअधिकृतसँग सल्लाह गर्नुभएको थियो । स्रोतका अनुसार स्पष्टीकरण दिँदा अधिकांश बुँदामा मेयर बालेन्द्रको निर्देशन पालना गरेको उल्लेख गरेपछि सबै जनप्रतिनिधि रुष्ट भएका थिए । सोही कारण पाण्डेमाथि थप छानबिन गर्न आवश्यक भएपछि ६ महिना निलम्बन गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register