रोयल च्यालेन्जर्स बन्यो आईपीएल च्याम्पियन

झापा, २१ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात पारेको हो । यससँगै आइपिएलले १८औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ । यसअघि चेन्नई सुपर किंग्स (पाँच पटक), मुम्बई इन्डियन्स (पाँच पटक), [...] The post रोयल च्यालेन्जर्स बन्यो आईपीएल च्याम्पियन appeared first on Jhapa Online.

Jun 4, 2025 - 03:26
 0
रोयल च्यालेन्जर्स बन्यो आईपीएल च्याम्पियन

झापा, २१ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ ।

मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात पारेको हो । यससँगै आइपिएलले १८औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ ।

यसअघि चेन्नई सुपर किंग्स (पाँच पटक), मुम्बई इन्डियन्स (पाँच पटक), कोलकाता नाइट राइडर्स (तीन पटक), राजस्थान रोयल्स (एक पटक), डेक्कन चार्जर्स (एक पटक), सनराइजर्स हैदराबाद (एक पटक) र गुजरात जायन्ट्स (एक पटक) च्याम्पियन बनिसकेका छन् ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले सात विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो । पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । अविजित रहेका उनले ३० बलमा तीन चौका र छ छक्का प्रहार गरे ।

जोश इङ्लिसले २३ बलमा एक चौका र चार छक्कासहित ३९ रन बनाए । प्रभसिमरन सिंहले २२ बलमा दुई छक्कासहित २६ रन बनाए । प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए । बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान दुई विकेट लिएका थिए ।

The post रोयल च्यालेन्जर्स बन्यो आईपीएल च्याम्पियन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register