विश्वकप क्रिकेट लिग–२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल स्कटल्यान्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ। लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खलाको पछिल्लो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराएको थियो। उक्त जितसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ […]

Jun 4, 2025 - 03:46
 0
विश्वकप क्रिकेट लिग–२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल स्कटल्यान्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ।

लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खलाको पछिल्लो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराएको थियो।

उक्त जितसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ। नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ।

नेपालले आगामी दिनहरूमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग थप खेलहरू खेल्ने तालिका छ। लिग–२ को खेलपछि असार एकमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला शुरू हुनेछ।

आईसीसी विश्वकप लिगको अन्त्यमा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register