जिम्बाब्वेले हात्ती मारेर जनतालाई मासु बाँड्ने

काठमाडौं । जिम्बाब्वेले हात्तीको संख्या अत्यधिक वृद्धि भएपछि मारेर त्यसको मासु जनतालाई वितरण गर्ने योजना सार्वजनिक गरेको छ । जिम्बाबे पार्क तथा वन्यजन्तु प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको दक्षिणपूर्वी क्षेत्रमा रहेको सेभ भ्याली कन्जर्भेन्सीमा पहिलो चरणमा ५० वटा हात्ती मार्ने तयारी गरिएको छ ।” तर, यस योजनाअन्तर्गत कति हात्ती मारिने र कति समयमा […]

Jun 4, 2025 - 07:10
 0
जिम्बाब्वेले हात्ती मारेर जनतालाई मासु बाँड्ने

काठमाडौं । जिम्बाब्वेले हात्तीको संख्या अत्यधिक वृद्धि भएपछि मारेर त्यसको मासु जनतालाई वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।

जिम्बाबे पार्क तथा वन्यजन्तु प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको दक्षिणपूर्वी क्षेत्रमा रहेको सेभ भ्याली कन्जर्भेन्सीमा पहिलो चरणमा ५० वटा हात्ती मार्ने तयारी गरिएको छ ।” तर, यस योजनाअन्तर्गत कति हात्ती मारिने र कति समयमा भन्ने बारेमा भने स्पष्ट विवरण दिइएको छैन ।

प्राधिकरणका अनुसार सन् २०२४ मा गरिएको एक हवाई सर्वेक्षणअनुसार सो संरक्षित क्षेत्रमा २,५५० हात्ती छन्, जबकी उक्त क्षेत्रको क्षमता (८००) भन्दा तीनगुणा बढी हो ।

पछिल्लो पाँच वर्षमा २०० हात्तीलाई अन्य निकुञ्जमा सारिएको भए पनि समस्या बढ्दो छ ।

विज्ञप्तिमा भनिएको छ, “हात्ती व्यवस्थापनको क्रममा प्राप्त मासु स्थानीय समुदायहरूमा वितरण गरिनेछ भने दाँत राज्य सम्पत्ति मानिनेछ र प्राधिकरणको जिम्मामा रहनेछ ।”

हाल विश्वव्यापी रूपमा हात्तीको दाँतको व्यापारमा प्रतिबन्ध लगाइएकोले जिम्बाबेले आफूसँग सञ्चित दाँतहरू बेच्न पाएको छैन । यसै सन्दर्भमा राजधानी हरारेमा ४ जना व्यक्तिलाई २३० किलोग्राम भन्दा बढी हात्तीको दाँत बेच्ने तयारीमा रहेको आरोपमा पक्राउ गरिएको थियो ।

सन् २०२४ मा पनि भीषण खडेरीका कारण खाद्य संकट सिर्जना हुँदा २०० हात्ती मारेका थिए, जुन सन् १९८८ पछि पहिलो ठूलो सङ्ख्याको हात्ती संहार थियो ।

यो निर्णयले वन्यजन्तु संरक्षणकर्मीहरू र पर्यटन क्षेत्रका व्यवसायीहरूबाट आलोचना भोगिरहेको छ, किनभने हात्तीहरू जिम्बाबेको प्रमुख पर्यटन आकर्षण हुन् । संरक्षणवादीहरू मर्नेभन्दा सार्ने, बन्ध्याकरणजस्ता दीर्घकालीन उपायहरूमा जोड दिनुपर्ने बताउँछन् ।

हाल जिम्बाबे विश्वमै बोत्स्वानापछिको दोस्रो ठूलो हात्तीको वासस्थान हो र वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्वबीच सन्तुलन कायम गर्नु सरकारको प्रमुख चुनौती बन्दै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register