बस्नै नबसी स्थगित भयो संसद् बैठक, प्रतिपक्षीको एउटै अडान- ‘गृहमन्त्रीले राजिनामा दिनैपर्छ’

काठमाडौँ । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज पनि बस्नै नबसी स्थगित भएको छ । बैठकमा विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै अवरोध गरेपछि बुधबार बस्ने भनिएको बैठक बस्नै नबसी स्थगित भएको हो । यसो त बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विपक्षी दलसँग सहमति हुन नसकेपछि दिउँसो सवा तीन […]

Jun 4, 2025 - 11:19
 0
बस्नै नबसी स्थगित भयो संसद् बैठक, प्रतिपक्षीको एउटै अडान- ‘गृहमन्त्रीले राजिनामा दिनैपर्छ’

काठमाडौँ । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज पनि बस्नै नबसी स्थगित भएको छ । बैठकमा विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै अवरोध गरेपछि बुधबार बस्ने भनिएको बैठक बस्नै नबसी स्थगित भएको हो ।

यसो त बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विपक्षी दलसँग सहमति हुन नसकेपछि दिउँसो सवा तीन बजेका लागि सारिएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक नै स्थगित गरिएको छ ।

बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलको अवरोधकै कारण मंगलबार बस्ने भनिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । बुधबार पनि बैठक बस्दै नबसी स्थगित भएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका छन् । उनीहरुले गृहमन्त्रीले राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त नगरेसम्म र गृहमन्त्रीमाथि छानबिन गर्ने ‘कमिट्मेन्ट’ सरकारले नगरेसम्म संसद् चल्न नदिने अडान लिएका छन् । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register