केदारनाथ शर्मासहित तीन जना ‘सहकारी ठग’ ठहर !

काठमाडौँ । जिल्ला अदालत मोरङले तुलसी सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारणको लागि भने अर्को इजलासमा पेश गर्न […]

Jun 4, 2025 - 11:46
 0
केदारनाथ शर्मासहित तीन जना ‘सहकारी ठग’ ठहर !

काठमाडौँ । जिल्ला अदालत मोरङले तुलसी सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको हो ।

अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारणको लागि भने अर्को इजलासमा पेश गर्न आदेश दिएको छ । बिहीबार सजाय निर्धारणको लागि पेशी तोकिएको जिल्ला अदालतले जनाएको छ ।

२०७९ चैत १२ गते २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेको आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ । त्यस्तै, सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्मा भने फरार रहेकोले अहिलेलाई उनीहरुलाई मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register