सर्वोच्चले स्वीकारेन डा. गुणाकर भट्टको योग्यताविरुद्धको रिट 

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न अयोग्य भएको भन्दै दायर गरिएको पूरक निवेदन अस्वीकार गरेको छ । न्यायाधीश तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो ।  राष्ट्र बैंकको गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा […]

Apr 30, 2025 - 11:46
 0
सर्वोच्चले स्वीकारेन डा. गुणाकर भट्टको योग्यताविरुद्धको रिट 

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न अयोग्य भएको भन्दै दायर गरिएको पूरक निवेदन अस्वीकार गरेको छ । न्यायाधीश तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो । 

राष्ट्र बैंकको गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा बैशाख ५ गते पूरक निवेदन दर्ता गराएका थिए । 

तर, सर्वोच्च प्रशासनले उक्त पूरक निवेदन दर्ता गरे पनि इजलासले भने पूरक निवेदन अस्वीकार छ । यसो त यसअघि अधिवक्ताद्वय थापा र उप्रेतीले गभर्नरको उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही बीचमा राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउने सहमति भएको खबर बाहिरिएको थियो । त्यसपछि भट्टले राष्ट्र बैंकबाट राजिनामा दिएका थिए । तर, गभर्नर बन्न योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध अधिवक्ताद्वय थापा र उप्रेतीले पूरक निवेदन दर्ता गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register