काठमाडौं बाहिर पनि आन्दोलन गर्ने राजावादीको निर्णय

काठमाडौं । संवैधानिक राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आएको संयुक्त जनआन्दोलन समितिको आन्दोलन अब काठमाडौं केन्द्रित मात्र नभई देशका विभिन्न जिल्ला र तहमा फैलिने भएको छ । संयुक्त जनआन्दोलन समितिको ७५ भन्दा बढी दल, समूह र अभियन्ताहरूको सहभागितामा सम्पन्न बैठकले आन्दोलनलाई काठमाडौं बाहिर लैजाने निर्णय गरेको हो । समितिले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा […]

Jun 4, 2025 - 12:53
 0
काठमाडौं बाहिर पनि आन्दोलन गर्ने राजावादीको निर्णय

काठमाडौं । संवैधानिक राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आएको संयुक्त जनआन्दोलन समितिको आन्दोलन अब काठमाडौं केन्द्रित मात्र नभई देशका विभिन्न जिल्ला र तहमा फैलिने भएको छ ।

संयुक्त जनआन्दोलन समितिको ७५ भन्दा बढी दल, समूह र अभियन्ताहरूको सहभागितामा सम्पन्न बैठकले आन्दोलनलाई काठमाडौं बाहिर लैजाने निर्णय गरेको हो ।

समितिले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विरोध कार्यक्रम जारी राख्ने बताएको छ भने बाहिर पनि प्रमुख सहरहरूमा सभा, घण्टी, र जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको संयोजक नवराज सुवेदीले जानकारी दिए । उनकाअनुसार आन्दोलनलाई प्रभावकारी र स्थानीय तहसम्म लैजान, देशभर स्थानीय तहमा समिति गठन गरिने छ ।

यस्तै, बैठकले जिल्लागत रूपमा प्रभावशाली युवा कार्यकर्ताहरूको समूह गठन गरिने तथा विभिन्न जिल्लामा चरणबद्ध कार्यक्रमहरू सञ्चालन गरी अन्ततः आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register