आर्मीले दियो पुलिसलाई सामान्य लक्ष्य, बसिरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १५५ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी फाइनल खेलमा आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको हो । आर्मीका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । १०४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै बसिर ८६ रनमा अविजित […]

Mar 29, 2025 - 06:28
 0
आर्मीले दियो पुलिसलाई सामान्य लक्ष्य, बसिरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १५५ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी फाइनल खेलमा आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको हो ।

आर्मीका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । १०४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै बसिर ८६ रनमा अविजित रहे ।

कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पुलिसका लागि करण केसी र सागर ढकालले ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ तथा गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

टस जितेर पुलिस पहिले बलिङ रोजेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register