दिल्लीको प्रारम्भिक रुझान : भाजपा र आपबीच कडा प्रतिस्पर्धा, केजरीवाल पछाडि
काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । विधानसभाका ७० सिटका लागि बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो । सुरुवातमा पोस्टल ब्यालेट गणना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गणनाको प्रारम्भिक रुझान पनि आउन थालेको छ । सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टी (आप) बीच कडा प्रतिस्पर्धा देखिएको […]

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । विधानसभाका ७० सिटका लागि बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो ।
सुरुवातमा पोस्टल ब्यालेट गणना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गणनाको प्रारम्भिक रुझान पनि आउन थालेको छ ।
सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टी (आप) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आएका रुझानमा आप १९ र भाजपा १८ स्थानमा अगाडि छ । काङ्ग्रेसले एक स्थानमा अग्रता लिएको छ ।
आपका मुख्य नेता अरविन्द केजरीवाल भने नयाँ दिल्ली सिटबाट पछि छन् । अर्का ठूला नेता मनिष सिसोदिया पनि सुरुवाती गणनामा पछि परेका छन् ।
What's Your Reaction?






