प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेशसभाको बैठक पुनः स्थगित गरिएको छ । बुधबारदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि बिहीबारसम्मका लागि स्थगित भएको हो । जसपा नेपालका सांसद रामआशिष यादवले एक महिना २४ दिन अघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म […]

Jun 4, 2025 - 14:40
 0
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेशसभाको बैठक पुनः स्थगित गरिएको छ । बुधबारदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि बिहीबारसम्मका लागि स्थगित भएको हो ।

जसपा नेपालका सांसद रामआशिष यादवले एक महिना २४ दिन अघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । उनले अहिलेको जनमत पार्टी नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुशासनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन् ।

संघीय छानबिन समिति गठन गर्ने निर्णय एक महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रति उत्तरदायी नरहेको आरोप लगाएका छन् । उनले संसद्ले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन नगरेसम्म सदन अवरुद्ध जारी राख्ने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए ।

बुधबारको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो । त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो ।

साथै दलका नेता र प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register