बिर्तामोडमा अलैंची मजदुरलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण

बिर्तामोड, २१ जेठ । अलैंची प्रशोधनमा सम्लग्न कर्मचारी र मजदुरहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण झापाको प्रदान गरिएको छ । नेपाल अलंैची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा उनीहरुलाई अभीमुखीकरण प्रदान गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रको प्रमुख अतिथ्य तथा नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको [...] The post बिर्तामोडमा अलैंची मजदुरलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण appeared first on Jhapa Online.

Jun 4, 2025 - 14:41
 0
बिर्तामोडमा अलैंची मजदुरलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण

बिर्तामोड, २१ जेठ । अलैंची प्रशोधनमा सम्लग्न कर्मचारी र मजदुरहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण झापाको प्रदान गरिएको छ ।

नेपाल अलंैची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा उनीहरुलाई अभीमुखीकरण प्रदान गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रको प्रमुख अतिथ्य तथा नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम कार्यालय भद्रपुरका प्रमुख मातृका कट्टेल र बिर्तामोड नगरपालिकाको श्रम तथा रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले तालीमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले श्रमले तोकेको मूल्य लिएपछि इमानदारीताका साथ लगनशील भएर मजदुरहरुले काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अलैंचीमा काम गर्ने मजदुरलाई रोजगारीको आवश्यकता भए नगरले पनि मापदण्ड अनुसार रोजगारी दिने बताउँदै सूचीकृत हुन आग्रह गर्नुभयो ।

उनीहरूले अलैंचीको क्षेत्रमा काम गर्ने मजदुरहरूले अपनाउनुपर्ने सुरक्षा तथा श्रम ऐन २०७४ कार्यान्वयन भित्र रहेका बुँदाहरूका विषयमा मजदुरलाई जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले व्यवसायी र मजदुरबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै काम गर्ने सिलसिलामा सुरक्षाका सावधानी अपनाउनुपर्ने र स्वास्थ्यप्रति पनि उत्तिकै सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका झापा अध्यक्ष तथा अलैंची व्यवसायी महासंघका सल्लाहकार ओम कृष्ण बिमलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महासंघका महासचिव नारायणप्रसाद चिमरियाले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्र चन्द विन्दलले स्वागत गर्नुभएको थियो ।

महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानको संयोजनमा भएको कार्यक्रममा नेपालका केन्द्रीय सदस्य रामकृष्ण बिष्ट लगायतको उपस्थिति रहेको थियो । तालिममा करिब एक सय जना अलैंचीमा काम गर्ने मजदुरहरुको सहभागिता रहेको थियो ।

The post बिर्तामोडमा अलैंची मजदुरलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी अभिमुखीकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register