सामाजिक सञ्जालहरू १ महिनाभित्र दर्ता नभए नेपालमा नचल्ने, यस्तो छ सूचना
काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक महिनाभित्र दर्ता नभए रोक लगाउने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक-इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने जनाएको हो । ‘…तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्दे्शिकाको दफा ३ को उपदफा (७) […]

काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक महिनाभित्र दर्ता नभए रोक लगाउने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक-इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने जनाएको हो ।
‘…तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्दे्शिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ।’ सूचनामा भनिएको छ ।
यस्तो छ सूचना
What's Your Reaction?






