माटोको ढिस्कोमा पुरिएर जुम्लामा एक जनाको मृत्यु

जुम्ला। जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिप पोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका वडा नं.६ की अन्दाजी २५ वर्षीय विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।  चन्दननाथ नगरपालिका वडा नं. ४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासि माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो […]

Feb 1, 2025 - 09:51
 0
माटोको ढिस्कोमा पुरिएर जुम्लामा एक जनाको मृत्यु

जुम्ला।

जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिप पोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका वडा नं.६ की अन्दाजी २५ वर्षीय विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । 

चन्दननाथ नगरपालिका वडा नं. ४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासि माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले कर्णाली मिसनलाई बताए । 

‘मृत्तक विमला सुनार सहित ५÷६ जना माटो ल्याउन गएका रहेछन् ।’ उनले भने,‘एक्कासि माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाच्न सफल भएका छन् । माटीखानको भित्रीभागमा भएकोले विमला सुनार भाग्न नसकेको बुझिएको छ ।’

शवको पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यता चन्दननाथ नगरपालिका वडा नंं ६ का अध्यक्ष रवि थापाले मृत्तकका आफन्त भेट्न अस्पतालतिर जान लागेको बताए । 

मृतक  विमला सुनारका श्रीमान भने हाल बैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register