आन्दोलन राजसंस्था, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासका लागि : अध्यक्ष लिङ्देन

सन्तोष शर्माझापा, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रको कुरा मात्र नभएको बताउनुभएको छ । झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनस्र्थापना, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासको लागि पनि भएको बताउनुभयो । “भ्रष्टाचारीहरुलाई कारबाही हुने व्यवस्था होस्, देशमा [...] The post आन्दोलन राजसंस्था, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासका लागि : अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

Jun 7, 2025 - 15:51
 0
आन्दोलन राजसंस्था, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासका लागि : अध्यक्ष लिङ्देन

सन्तोष शर्मा
झापा, २४ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रको कुरा मात्र नभएको बताउनुभएको छ ।

झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनस्र्थापना, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासको लागि पनि भएको बताउनुभयो ।

“भ्रष्टाचारीहरुलाई कारबाही हुने व्यवस्था होस्, देशमा विकास होस्, देशले आर्थिक गति लिओस्, भ्रष्टाचारी जोकोही भए पनि दण्डित हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो जीवनकालमै देश बनोस्, ४०÷५० हजार कमाउनकै लागि कुनै पनि नेपाली देश छोड्नु नपरोस् भन्नका लागि हामी आन्दोलित छौं ।”

देशको प्रणालीमै परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिँदै निर्वाचन प्रणाली नै भ्रष्ट निर्वाचन प्रणाली भएको उल्लेख गर्नुभयो । अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन जरुरी रहेको उहाँको भनाइ छ । जुनसुुकै व्यवस्था आए पनि तीन दशक देखि तिनै पार्टी, तिनै नेताहरुले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनका आवश्यकता रहेको उहाँले बताउनुभयो ।

“अवस्था परिवर्तन गरे भइहाल्यो नि ! यो राजेन्द्रहरुले के भनेको, व्यवस्था जो आए पनि उही त हो नि भनिरहेका छन्”, उहाँले भन्नुभयो, “व्यवस्था नै परिवर्तन गर्नु पर्छ, व्यक्ति परिवर्तन ग¥यो भने अलि अलि परिवर्तन होला तर तात्विक परिवर्तन हुँदैन ।”

वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने बताउनुहुँदै अध्यक्ष लिङ्देनले उपयुक्त मौसम र उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताउनुभयो । त्यसका लागि तयारी थालिने उहाँको भनाइ छ ।

संविधानमा रहेका कतिपय कुरा पार्टीको फरम मत रहे पनि कतिपय राम्रा रहेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

संविधानको धारा २७० को १ र २ ले कुनै पनि राजनीतिक दलले आफ्नो घोषणा पत्र र विधानमा उल्लेख भएको मान्यता प्राप्तिकाका लागि प्रदर्शन गर्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रचार प्रसार गर्न, कार्यक्रम गर्न बन्दे लगाउन पाइने छैन र बन्देज लाग्ने खालको कुनै कानून बनाउन पाइने छैन भन्ने उल्लेख छ ।

“संविधानले पनि गणतन्त्र मान्न नमान्न पाउने दुवै व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “गणतन्त्र वा कुनै तन्त्र मान्नै पर्छ भन्न कानून बनाए पनि त्यो खारेज हुन्छ भनेर संविधानमा उल्लेख छ ।” गणतन्त्रविरुद्ध पार्टी खोल्न पाइन्छ भनेर संविधानमै उल्लेख गरेको उहाँको भनाइ छ ।

The post आन्दोलन राजसंस्था, हिन्दुराज्य सँगसँगै देशमा सुशासन र विकासका लागि : अध्यक्ष लिङ्देन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register