ललितपुर–५ महानगरकै स्मार्ट वडा रहेको मेयर महर्र्जनको दाबी

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुमारीपाटी, जावलाखेल, लगनखेल क्षेत्र पर्ने वडा नं ५ ले विकासको लयलाई दह्रोका साथ पक्रिएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–५ वडाले शनिवार आयोजना गरेको वडा भेला र वडा दर्पण स्मारिका विमोचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘१ देखि २९ वडामध्ये कुन वडा राम्रो छ भनेर […]

Jun 8, 2025 - 03:14
 0
ललितपुर–५ महानगरकै स्मार्ट वडा रहेको मेयर महर्र्जनको दाबी

ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुमारीपाटी, जावलाखेल, लगनखेल क्षेत्र पर्ने वडा नं ५ ले विकासको लयलाई दह्रोका साथ पक्रिएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–५ वडाले शनिवार आयोजना गरेको वडा भेला र वडा दर्पण स्मारिका विमोचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘१ देखि २९ वडामध्ये कुन वडा राम्रो छ भनेर अहिलेसम्म सर्वेक्षण गरिएको छैन । सर्वेक्षण गर्ने हो भने स्मार्ट कार्यमा वडा नं ५ अब्बल रहने विश्वास व्यक्त गर्दछु’ –मेयर महर्जनले भन्नुभयो ।

वडाअध्यक्ष विकासमान श्रेष्ठले ललितपुरको शैक्षिक ‘हब’ तथा सरकारी कार्यालयको केन्द्रका रूपमा रहेको ललितपुर महानगरपालिका–५ ले भौतिक पूर्वाधारसँगै सामाजिक तथा मानवीय केन्द्रबिन्दुमा राखेर योजना तथा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले वडाको वस्तुस्थितिलाई आत्मसात गर्दै संस्कृति, सम्पदा संरक्षणदेखि अहिलेको आवश्यकताअनुरूप भौतिक तथा सामाजिक विकासलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।

महालक्ष्मी मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाका सल्लाहकार पुरुषोत्तम ढुंगानाले ललितपुरका १ देखि २९ वडामध्ये एउटा अब्बल वडाका रूपमा विकास गर्ने लक्ष्यले वडा समितिले काम गर्दै आएको बताउनुभयो । सभामा वडाका महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले वडाको भवन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउनका लागि महानगरपालिकाका मेयर महर्जनको ध्यानाकर्षण गराउनुभयो ।

त्यसै गरी वडा सदस्य पुनम निरौलाले बालबालिका, किशोरकिशोरी, महिला, एकल महिला र ज्येष्ठ नागरिक गरी सबैखालका वडाबासीलाई लक्षित गरी कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । अर्का वडा सदस्य मञ्जु रिजालले तीन जना महिला सदस्य रहेको सो वडाले महिला विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यस दिशामा भए गरेका कामबारे केन्द्रित गर्दै आफ्नो धारणा राख्नुभयो । वडा सदस्य अशोक श्रेष्ठले विकासको विकास व्यक्ति एक्लैले गर्ने नभई सबैको सहभागिता र सक्रियताले गर्ने विचार व्यक्त गर्नुभयो ।

सो सभामा वडाले चालू आर्थिक वर्षमा गरेका गतिविधिलाई समेटिएको वडा दर्पण नामक स्मारिकाको लोकार्पण गरिएको थियो । त्यसै गरी वडामा भए, गरेका गतिविधिलाई केन्द्रित गरी तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । सोही अवसरमा वडाको विकास निर्माणमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।


भेलामा वडाभित्रका विभिन्न महिला समूह, टोल विकास संस्थाका अध्यक्षसहित प्रतिनिधि, संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, सञ्चारकर्मी गरी ३ सय ५० जनाको उपस्थिति रहेको थियो । थसिखेल महिला समूहद्वारा स्वागत गीत गाएर सहभागीहरूलाई स्वागत गरिएको थियो । वडालाई प्लास्टिकमुक्त वडा घोषणा गर्ने उद्घोषका साथ निकालिएको कपडाको झोला वितरण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register