महासंघ ललितपुरले स्थापना गर्‍यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच ५ लाख रुपियाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उहाँकी स्वर्गीय धर्मपत्नी हीराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष घोषणा […]

Jun 8, 2025 - 03:08
 0
महासंघ ललितपुरले स्थापना गर्‍यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार

काठमाडौं ।

नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच ५ लाख रुपियाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उहाँकी स्वर्गीय धर्मपत्नी हीराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गर्नुभयो ।

अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अक्षयकोषको घोषणा एवं हस्तान्तरण गर्दै समाजसेवी महर्जन परिवारले आम जनतालाई सुसूचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहन निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।

त्यस्तै शाखाका अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशील दुई पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलामा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ ।’ अक्षयकोषमा प्राप्त भएको रकमको ब्याजबाट पुरस्कार प्रदान गरिनेछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register