मेयरका स्वकीय सचिव साहको ज्यादती

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकय सचिव भुपदेव साहले अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देशन दिने कामले हद नाघेको छ । मेयर साहका हर्ताकर्ता बनेका स्वकीय सचिव साहले कानुन विभागमा तोक लगाएर आवश्यक कार्यान्वयन गर्न विभागीय प्रमुखलाई आदेश दिनुभएको छ । शाहले करिब १३ महिनाअघि कानुन विभाग प्रमुखको नाममा ‘आवश्यक कार्यान्वयन’ गर्न हस्ताक्षरसहितको निर्देशन […]

Jun 12, 2025 - 03:05
 0
मेयरका स्वकीय सचिव साहको ज्यादती

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकय सचिव भुपदेव साहले अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देशन दिने कामले हद नाघेको छ । मेयर साहका हर्ताकर्ता बनेका स्वकीय सचिव साहले कानुन विभागमा तोक लगाएर आवश्यक कार्यान्वयन गर्न विभागीय प्रमुखलाई आदेश दिनुभएको छ ।

शाहले करिब १३ महिनाअघि कानुन विभाग प्रमुखको नाममा ‘आवश्यक कार्यान्वयन’ गर्न हस्ताक्षरसहितको निर्देशन दिनुभएको हो । उच्चस्रोतका अनुसार कामपा १६ नम्बर वडाको घरटहरा भत्काउन विभागमा दिएको निवेदन उल्ट्याउँदै घरटहरा भत्काउने कार्य स्थगित गर्न निर्देशन दिएको पत्रमा तोक लगाएको फेला परेको छ ।

सो पत्रको विस्तृत विवरण आउन बाँकी छ । आफ्नो हैसियत बिर्सेर कानुन विभागलाई तोकआदेश दिने स्वकीयसचिव शाहलाई कारबाही गर्न दबाब बढेको छ । हुँदाहुँदा कानुनविभाग प्रमुखलाई तोक आदेश गर्ने शाहलाई स्वकीय सचिवबाट हटाउनुपर्ने माग अघि बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register