धानको उचित मूल्य नपाउँदा मर्कामा किसान

काठमाडौँ । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा १० क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए । बुद्धभूमि कृषक समूहका […]

Jun 12, 2025 - 03:00
 0
धानको उचित मूल्य नपाउँदा मर्कामा किसान

काठमाडौँ । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा १० क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।

गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताएका छन् । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताएका छन् । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register